सचिवहरूलाई प्रधानमन्त्रीले भने- हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ भन्ने चिन्ता नगरी काम गर्नू « Khabarhub

सचिवहरूलाई प्रधानमन्त्रीले भने- हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ भन्ने चिन्ता नगरी काम गर्नू


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारका सचिवहरूलाई निर्धक्क काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार संघीय सरकारका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
जनतालाई सकेसम्म उपयुक्त ढङ्गले सेवा दिन, विकास, समृद्धि र सुशासनका लागि काम गर्न यो सरकार बनेको उनले स्पष्ट पारे । त्यसैले ढुक्क भएर काम गर्न उनले सचिवहरूलाई आग्रह गरेका छन् ।
देशको लागि केही गरौँ भन्ने प्रतिविद्धताको साथ सरकार बनेकोले आफू कसैप्रति पूर्वाग्रही नहुने ओलीले बताए । कामको आधारमा सरकारले सचिवहरूको मूल्याङ्कन गर्ने उनले प्रष्ट पारे ।
‘हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ कि भन्ने चिन्तामा नपरी काम गर्नुस्’, उनले सचिवहरूलाई आग्रहसहित भने, ‘राम्रो काम गर्दा कुनै प्रकारको समस्या आएमा त्यसको जिम्मेवारी सरकारले लिने छ ।’
काम गर्दा गन्तव्य के हो भन्ने कुरा बुझ्न आवश्यक रहेको ओलीले बताए । गन्तव्य नतोकी हिँड्यो भने टुङ्गोमा नपुगिने उनको भनाइ छ ।
गरिबिको रेखामुनिका जनतालाई माथि ल्याउन सरकारको ध्यान केन्द्रित हुने ओलीले बताए । ‘यो पीडादायक स्थितिको अन्त्यको लागि योजना बनाएर काम गर्नुस्’, उनले भने, ‘हामीलाई नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ ।’
नेपाललाई हतियार होइन, युद्ध र अशान्ति होइन शान्ति चाहिएको ओलीले बताए । ‘नेपाली जनताई खुसी र सुखी बनाउन ध्यान केन्द्रित हुनु पर्छ’, उनले अगाडि भने, ‘यसका लागि हरेक क्षेत्रमा योजना बनाएर अघि बढ्नु पर्छ ।’
ओलीले उत्पादनमा जोड दिनुपर्ने बताए । ‘आयात गर्दा पनि उत्पादनको लागि गर्नुपर्छ’, उनले भने, ‘हरेक क्षेत्रमा योजना बनाउँदा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी योजना बनाउनु आवश्यक छ ।’

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ०९ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान