आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता « Khabarhub

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारिसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३-७४ मा पाँचवटा, २०७४-७५ मा चारवटा, २०७५-७६ मा चारवटा सवारिसाधन बेपत्ता भएका हुन् ।

आव २०७६-७७ मा एउटा, २०७७-७८ मा एउटा, २०७९-८० मा एउटा र २०८०-८१ मा पाँचवटा सवारिसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३-७४ मा १४, २०७८-७९ मा चार र २०८०-८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३-७४ देखि आव २०८०-८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारिसाधन दुर्घटनामा परेका हुन् ।

-राससबाट

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : ०५ बजे

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ