कमला नदीमा फसेका तीन जनाको उद्धार | Khabarhub Khabarhub

कमला नदीमा फसेका तीन जनाको उद्धार


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

जनकपुर – धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम साफीलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको जानकारी दिए । आज बिहान दाउरा सङ्कलन गर्न गएको अवस्थामा एक्कासी बाढीको वहाब बढेपछि उनीहरू नदीमा फसेका थिए ।

सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरी र सशस्त्र प्रहरी वेस क्याम्प रघुनाथपुरको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए ।

उद्धार कार्यमा सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले समन्वय र सहयोग गरेका थिए ।बाढीबाट सुरक्षित रहन तथा सतर्क रहनको लागि धनुषा प्रहरीले नदी तटिय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : १७ बजे

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

सियरा लियोन – सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

तनहुँ – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर

सुनसरीमा गोली चल्यो, एक जना घाइते

विराटनगर –सुनसरीको बराहक्षेत्रमा गोली चलेको छ । शनिबार बेलुका करिब

जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व

भोजपुर – किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन