कमला नदीमा फसेका तीन जनाको उद्धार « Khabarhub

कमला नदीमा फसेका तीन जनाको उद्धार


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

जनकपुर – धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम साफीलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको जानकारी दिए । आज बिहान दाउरा सङ्कलन गर्न गएको अवस्थामा एक्कासी बाढीको वहाब बढेपछि उनीहरू नदीमा फसेका थिए ।

सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरी र सशस्त्र प्रहरी वेस क्याम्प रघुनाथपुरको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए ।

उद्धार कार्यमा सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले समन्वय र सहयोग गरेका थिए ।बाढीबाट सुरक्षित रहन तथा सतर्क रहनको लागि धनुषा प्रहरीले नदी तटिय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : १७ बजे

नवनियुक्त सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं– नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् ।  आइतबार

निर्वाचित सभामुख भन्छन्- संविधान र कानुनको पालना गर्छु संसद्को मर्यादा जोगाउँछु

काठमाडौं– प्रतिनिधिसभा नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम हुनेगरि

सरकारले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय बनाउन बाटो खोल्ने

काठमाडौं- सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका

उद्यमीबाट सभामुखसम्म – यस्तो छ अर्यालको राजनीतिक यात्रा

काठमाडौं- धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका

नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु