देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण | Khabarhub Khabarhub

देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए ।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु देखिएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

उपत्यकामा तीन सय १६ जनामा सङ्क्रमण

उपत्यकामा मात्रै तीन सय १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । काठमाडौँमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको सङ्क्रमण देखिएको हो ।

रोग शाखा प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “डेङ्गु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्दछ”, उनले भने ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : ५९ बजे

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

ढोरपाटन– बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ

प्रधानमन्त्री बनेको सात दिनपछि चिनियाँ राजदूतले कार्कीलाई भेटेर दिए बधाई

काठमाडौँ- उत्तरी छिमेकी चीनले ढिलो गरी अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला

‘निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी’ 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र

‘हेरा फेरी ३’ बाट बाहिरिँदा बढेको तनावबारे के भन्छन् परेश ?

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग

डुबेर तीन जनाको मृत्यु

रुपन्देही– गैडहवा गाउँपालिका-४ स्थित गैडातालमा डुबेर सोही गाउँपालिका-१ असिधबा बस्ने १८ वर्षीय