गोंगबुस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा फेला | Khabarhub Khabarhub

गोंगबुस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा फेला


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेको होटलमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको जानकारी दिए । ‘कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको थियो’, उनले भने, ‘कसरी मृत्यु भयो भन्ने बारे छानविन भइरहेको छ ।’

प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए । बिहान खाना खान बोलाउँदा पनि ढोका खोलेका थिएनन । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् ।

परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ०४ बजे

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि