मालदिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाई दिए धन्यवाद « Khabarhub

मालदिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाई दिए धन्यवाद


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले ऋण पुनः भुक्तानी प्रक्रियालाई थप सहज बनाएको मालदिभ्सका राष्ट्रपति मोहमद मुइज्जुले कृतज्ञता व्यक्त गरेका छन् । राजधानी मालेमा सम्बोधन गर्दै राष्ट्रपति मुइज्जुले भारतलाई धन्यवाद दिएका हुन् ।

सम्बोधनका क्रममा उनले भारत र मालदिभ्सबीचको सम्बन्ध थप सुमधुर बन्ने अपेक्षा व्यक्त गरे । उनले भारत अझै पनि मालदिभ्सको सबैभन्दा नजिकको साझेदार मुलुक रहेको उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले चाँडै दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

उनले बेलायतसँग आफ्नो प्रशासनले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल गरिरहेको भन्दै भारतसँग पनि यस्तै सम्झौता हुने विश्वास व्यक्त गरेका हुन् । यसअघि भारत विरोधी नेताको पहिचान बनाएका मुइज्जु पछिल्लो समयभने भारत प्रति नरम देखिएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ५३ बजे

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार

बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ ।