द्वन्द्वकालमा मारिएका सुरक्षाकर्मी र माओवादी लडाकुले अन्य पीडितसरह सुविधा पाउने « Khabarhub

द्वन्द्वकालमा मारिएका सुरक्षाकर्मी र माओवादी लडाकुले अन्य पीडितसरह सुविधा पाउने


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दलहरूले तत्कालीन मा‌ओवादीले सञ्चालन गरेको १० वर्षे (२०५२-०६२) सशस्त्र द्वन्द्वका क्रममा मारिएका सुरक्षाकर्मी र माओवादी लडाकुका परिवारले अन्य पीडितसरह राहत सुविधा पाउने गरी सहमति जुटाएका छन् ।

संक्रमणकाली न्यायसम्ब्धी विधेयकबारे नमिलेका कुरा मिलाउन गठन गरिएको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित तीन सदस्यीय कार्यदलले यस्तो सहमति जुटाएको हो ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका मिल्न बाँकी विषयमा सहमति जुटाएको जानकारी गृहमन्त्री रमेश लेखकले दिएका छन् ।

द्वन्द्वमा संलग्न भएर मृत्यु भएका र घाइते सुरक्षाकर्मी (नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान) का परिवारलाई पनि अन्य पीडितसरह परिपूरण दिने सहमति भएको उनले बताएका छन् ।

यस्तै तत्कालीन नेकपा माओवादीबाट लडेका बहिर्गमित लडाकुहरूलाई पनि द्वन्द्व प्रभावितका रुपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमित भएको गृहमन्त्री लेखकले बताए ।

‘यसलाई कानुन मन्त्रालयको सचिवले ड्राप्ट गर्नुहुन्छ । त्यसपछि हामीले नेताहरू (प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) लाई बुझाउछौं,’ उनले भने, ‘संक्रमणकालीन न्याय देशको साझा विषय भएकाले कार्यदलमा भएको सहमति संसदीय समिति हुँदै संसदबाट पारित हुने छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १२ : ३४ बजे

युवा सशक्तीकरण, सीप र उद्यमशीलता कार्यक्रम प्राथमिकतामा छ : श्रम मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा सशक्तीकरण, सीप, उद्यमशीलता

कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग

काठमाडौं– कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णाली राजमार्गमा दैनिक जसो

सुडान युद्ध : छ महिनामै ड्रोन आक्रमणमा ३०० भन्दा बढी बालबालिकाको मृत्यु

कायरो- सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामा ३०० भन्दा बढी

राष्ट्रियसभामा सञ्चारमन्त्रीको जवाफ- जनताको करको एक रुपैयाँ पनि दुरुपयोग हुँदैन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको करबाट सङ्कलित

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको