बसेराको बैठकबाट नेताहरूको कार्यविभाजन गर्दै एमाले « Khabarhub

बसेराको बैठकबाट नेताहरूको कार्यविभाजन गर्दै एमाले


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक अहिले काठमाडौंको हनुमानथानस्थित होटल बसेरामा जारी छ ।

मध्यान्ह साडे १२ बजेदेखि जारी बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षा गर्दैछ ।

यसका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनबारे पनि यो बैठकले निर्णय गर्ने तयारी छ ।

गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार मापदण्ड बनाएर नयाँ कार्य विभाजन गर्न बैठक बसेको हो ।

यसअघि केन्द्रीय नेताहरूको अन्तरजिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । एक वर्षपछि अब नेताहरूलाई आफ्नै भूगोलमा खटाउने तयारी एमालेको छ ।

एमालेको बैठक यसअघि केन्द्रीय कार्यालय च्यासलमा बस्ने तयारी थियो । तर मंगलबार राति मनोहरा खोलामा आएको बाढी पसेर कार्यालय डुबानमा परेको छ ।

उता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवासमा पार्टीको बैठक राख्न उचित नठानेको बताएपछि सचिवालयका लागि बसेरा रोजिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १ : २१ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर