पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि « Khabarhub

पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्यांक अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०७६-७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए। 

उनका अनुसार उपमहानगरले आव २०७६-७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेकामा आव २०७७-७८ मा २० करोड ६० हजार, आव २०७८-७९ मा रु २२ करोड १८ लाख २९ हजार, आव २०७९-८० मा रु २७ करोड ९२ लाख १५ हजार र गत आवमा रु ३३ करोड १२ लाख ५२ हजार आम्दानी गरेको छ ।

राजस्व शाखा प्रमुख ओझाले भने, ‘हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।’ उपमहानगरले गत आवमा सम्पत्ति करबाट तीन करोड ४४ लाख २९ हजार, भूमिकर रु एक करोड पाँच लाख ४५ हजार, बहालकर सात करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकर ४५ लाख १२ हजार, सवारिसाधन कर रु छ लाख ४० हजार र अन्य करबाट पाँच लाख ४९ हजार यथार्थ आम्दानी गरेको उनले जानकारी दिए।

राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट रु तीन करोड नौ लाख ६९ हजार, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार यथार्थ आम्दानी भएको छ ।

व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर चार लाख ८७ हजार, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्डजरिवानाबाट ७४ लाख २९ हजार, व्यवसायबाट तीन करोड ९८ लाख ५६ हजार, अन्य राजस्व सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत छ लाख ५८ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार, विज्ञापन करबाट पाँच हजार र अन्यबाट नौ लाख १३ हजार यथार्थ आम्दानी भएको उनले जानकारी दिए।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  २ : ४८ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ