नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार   « Khabarhub

नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार  


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ । 

आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा ६ वटा समूहको नेप्से भने बढेको छ । नेप्से ५.२९ अंकले नेप्से घट्ता १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से ०.१९ प्रतिशतले नेप्से घटेर २७५५.६२ विन्दुमा पुग्दा १३ वटा समूहमध्ये ७ वटा समूह राताम्य भएको छ । 

बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम अन्य समूहको शेयर मूल्य घटेको छ । अन्य समूह ०.२२ प्रतिशतले घटेर २०७४.०७ विन्दुमा पुगेको छ । 

प्रतिशतको आधारमा लाइफ इन्स्वरेन्सको शेयर मूल्य बढेको छ । उक्त समूह ३.६९ प्रतिशत अर्थात ४७४.७२ अंकले बढेर १३३०७.४७ बिन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम हाइड्रो समूहको बढेको छ । हाइड्र ०.३५ प्रतिशतले बढेर ७२७३.६७ विन्दुमा पुगेको छ । 

नेप्सेमा करेक्सन आउँदा पनि कारोबार भने बुधबारको तुलनामा नै भएको छ । बुधबार भन्दा २० करोड रुपैयाँ कारोबार भएको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको नेप्से बजार बन्द हुँदा ५ अंकले घटेपनि कारोबार २१ अर्ब ७१ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको भएको छ । 

बजार खुलेको ११ मिनेटसम्म बढेको नेप्सेमा त्यसपछि भने ओरालो लागेको थियो । बिहीबार नेप्सेले १२ बजेर २८ मिनेट पछि २८ सयको विन्दु समेत पार गर्दा १२ बजेर ५० मिनेट पछि भने २८ सयको विन्दुबाट तल झरेको थियो । त्यसपछि भने बजार निरन्तर १ः५० सम्म लागेको थियो । 

बिहीबार १ः५० बाट नेप्सेमा फेरी सुधार आएर २ बजेसम्म बजार बढेको थियो । २ बजे पछि भने नेप्से निरन्तर ओरालो गतिमा गएको थियो । २ बजे पछि बीचमा केही करेक्सन आएर बजार थोरै माथि गएको भएपनि साढे २ पछि भने बजार ओरालो लागेको थियो । 

निरन्तर ओरालो लागेको बजार २ः५४ देखि भने फेरी सुधार आएको थियो । तर बजार बन्द हुँदासम्म भने नेप्से बढेन भने सकेको देखिएन । नेप्से रातो हुँदा ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच भएको थियो । 

३३२ वटा कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार हुँदा ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । नेप्से घट्ता पनि ९ कम्पनीको शेयर भने सकारात्मक सर्किट लाग्यो । एक कम्पनीको शेयर भने नकारात्मक सर्किट लाग्यो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ३ : ३३ बजे

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ