मधेश इन्चार्जबाट फिर्ता योगेशलाई एमाले संसदीय विभागको जिम्मेवारी « Khabarhub

मधेश इन्चार्जबाट फिर्ता योगेशलाई एमाले संसदीय विभागको जिम्मेवारी


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सचिवालयको बैठकले संसदीय विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव योगेश भट्टराईलाई दिएको छ ।

बिहीबार काठमाडौंको हनुमाथनस्थित बसेर होटलमा बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि एमालेको उक्त विभागमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री भएसँगै भट्टराईलाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि २०८० जेठ १९ गतेदेखि हालसम्म भट्टराई एमाले मधेश प्रदेशको इन्चार्ज थिए । उनले मधेश प्रदेशमा एमालेको संगठन विस्तारमा मिहिनेत गरेका थिए ।

गाउँदेखि जिल्लासम्मको अधिवेशन गराउन पनि सक्रिय भएका थिए । अब मधेश प्रदेश इन्चार्जको भूमिका बिहीबार मात्रै स्थायी कमिटी सदस्यमा बढुवा सिरहाका लीलानाथ श्रेष्ठले पाएका छन् ।

बैठकले सातै प्रदेशमा इन्चार्ज पनि फेरेको छ। कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा. राजन भट्टराईलाई प्रदेश इन्चार्ज बनाइएको छ।

त्यस्तै, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : ३३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल