धानमा फेद कुहिने रोग देखियो, किसान चिन्तित « Khabarhub

धानमा फेद कुहिने रोग देखियो, किसान चिन्तित


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछी किसान निराश बनेका छन् । धान रोपेको एक महिनामै फेद  कुहिएर मर्न थालेपछी किसान समस्यामा परेका छन् । 

धानको फेद कुहिने डाँठ पहेँलो भएर सुक्ने गरेको छ । धान गोड्ने बेलामा फेद कुहिन थालेपछी कृषि ज्ञान केन्द्रबाट प्राविधिकको टोलीनै खटिएको छ । 

जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धानबाली कुहिएर नष्ट नहुन थालेको हो । किसानले धान कुहिएर नष्ट हुन थालेपछी कृषि ज्ञान केन्द्रलाई गुहारेका छन् । 

प्राविधिकको टोली खेतमै पुगेर रोगको पत्ता लगाई नियन्त्रण गर्न थालिएको कृषि ज्ञान केन्द्र बागलुङका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिए । धान मर्न थालेको किसानको गुनासो आएपछि नियन्त्रणमा लागेको उनले बताए। बागलुङ नगरपालिका–१२, १३ र १४ र जैमिनी नगरपालिकाको अधिकांश क्षेत्रमा फेद कुहिने रोग लागेको छ । 

रोगको पहिचान भएपछि किसानलाई ढुसीनाशक विषादी ‘कार्वन्डा’ प्रयोगका लागि सुझाएको भन्दै यो गरो नियन्त्रणका लागि पालिकासँग समन्वय गरेर लागेको उनले बताए। रोग नियन्त्रणका लागि एक रोपनी जग्गामा २५ देखि ३० लिटर कार्वन्डा हाल्नुपर्ने अधिकारीले जानकारी दिए। यस रोगको समाधान नभए उत्पादनमा ५० प्रतिशत ह्रास आउने उनले बताए।

गत असार दोस्रो साता लगाएको धान अहिले पूरै मर्न थालेको बागलुङ नगरपालिका–१२ का प्रेमप्रसाद शर्मा पौडेलले बताए। फेद कुहिने रोगले धान सखाप भएको र यसको समाधान नभए बिउसमेत जोगाउन मुस्किल पर्ने उनको भनाइ छ । 

एक हप्ता अगाडिसम्म पानी लगाउँदै आएको र राम्रोसँग जाग्दै गएपछि केही दिनदेखि कुहिने समस्या आएको पौडेलले बताए । धेरै वर्षपछि धानमा यो समस्या देखिएको उनले बताए।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ५ : ४८ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।