भेनेजुएलामा रहेको अर्जेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा « Khabarhub

भेनेजुएलामा रहेको अर्जेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिएका छन् । 

ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो ।

अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।  

भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् । 

‘भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु’, माइलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘हामी अर्जेन्टिना गणतन्त्र र त्यहाँका नागरिकहरूको हितको अस्थायी प्रतिनिधित्वका लागि आभारी छौँ, तानाशाह मदुरोले आइतबार गरेको ठगीप्रति हाम्रो निन्दाको बदलामा आज अर्जेन्टिनाका कूटनीतिक कर्मचारीहरूले भेनेजुएला छाड्नुपर्यो ।’

उनले शरणार्थीहरूको भाग्यका बारेमा केही उल्लेख गरेका छैनन् । 

अर्जेन्टिनाका विदेशमन्त्री डायना मोन्डिनोले बुधबार वासिङ्टनमा अमेरिकी राज्य संगठन (ओएएस) को स्थायी परिषद्को आपतकालीन बैठकमा मुलुकहरूलाई ‘कूटनीतिक प्रयास र शरणार्थीहरूको संरक्षणमा सहयोग गर्न’ आह्वान गरे । 

    

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : ५३ बजे

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको