जुम्लामा अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित « Khabarhub

जुम्लामा अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

जुम्ला – यहाँका किसानले पालेका मौरी अज्ञात रोगले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएका छन् । पहिचान नभएको रोगले मौरी मर्न थालेपछि जुम्ली किसानले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ बोलाउने भएका छन् ।

मौरी किसान र सरोकारवालाबीच आज भएको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र रोग निवारणको उपाय खोज्ने निर्णय भएको कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष धनजीत बुढाले जानकारी दिए ।

जिल्लाभर मौरीका घारको यकिन तथ्याङक सङ्कलन गर्ने र बर्सेनि उत्पादन हुने मह र जुम्ली महको बजारको पहिचान गर्ने विषयमा जिल्लाका सरोकारवालासँग गहन छलफल भएको छ ।

उपाध्यक्ष बुढाले भने, “जिल्लामा मौरीपालन किसानको सही तथ्याङ्क सङ्कलन गर्न आवश्यक छ । विशेषरी स्थानीय तहले मौरीपालक किसानका लागि नीति तथा कार्यक्रममै बजेटको व्यस्थापन गर्न जरुरी छ । मौरीलाई चाहिने विभिन्न स्रोतसाधनको अभावले अहिले मौरीलाई उत्पादन गर्न कठिन भएको छ । परम्परागत मौरीपालनको तरिकाले काम गर्न गाह्रो हुने भएकाले मौरी बस्नका लागि सफा घारमा हुनुपर्ने देखिन्छ । किसानलाई व्यावसायिक तालिमको आवश्यकसमेत छ ।”

जिल्ला मौरीलाई आवश्यक चरन क्षेत्रका लागि जडीबुटी मासिनु, जङ्गल आगलागी हुनु, विभिन्न अज्ञात रोगले मौरी गोला मासिनुले निकै चुनौती रहेको सहकारी संस्थाका उपाध्यक्ष बुढाले बताए।

चरिचरन क्षेत्र घट्दै जानु, जङ्गलमा डढेलो फैलिनु, रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकूल घारमा सुधार नहुनुले समस्या देखिएको सहकारीका सचिव नारायण चौलागाईंको भनाइ छ । यहाँका आठवटै स्थानीय तहमा रहेका करिब आठ हजार मौरी घारबाट उत्पादित महको बिक्रीबाट वर्षमा रु २४ करोड बराबरको आम्दानी हुने गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले जानकारी दिए।

हाल यहाँ उत्पादित मह प्रतिमानाको रु एक हजार पाँच सयदेखि दुई हजारसम्म बिक्री हुने गरेको सहकारी संस्थाका अध्यक्ष दीपबहादुर मल्लले जानकारी दिए।

तर उचित चरण क्षेत्र अभावले समस्या बढ्दै गएको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लछिराम महतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालन व्यवसायमा देखिएको समस्या समधान गर्न मौरी अनुसन्धान केन्द्र गोदावारीबाट विज्ञ ल्याउन पहल गरिने बताए ।

मौरीमा देखापरेको रोगलाई समयमै पहिचान गर्नेका लागि मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ टोली छिटोभन्दा छिटो झिकाउन यहाँका सरोकारवालाको ध्यान जान आवश्यक रहेको पातारासी गाउँपालिका–७ का मौरीपालक किसान टेकबहादुर बुढाले जानकारी दिए।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ८ : ५९ बजे

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी