रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान « Khabarhub

रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकासहितका पश्चिमी देश र रुसबीच कैदी आदानप्रदान भएको छ । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकसहित विभिन्न ७ देशबाट २६ कैदी रिहा भएका छन् ।

अमेरिकासहित पश्चिमी देश र रुसबीच कैदी आदान प्रदानको सहमति टर्कीको मध्यस्थतामा भएको हो । बिभिन्न देशबाट २ नाबालिकसहित १० कैदीलाई रुस पुर्‍याइएको छ भने १३ कैदीलाई जर्मनी र ३ कैदी अमेरिका पुर्‍याइएको छ ।

रुसले रिहा गरेका अमेरिकी नागरिकमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोबीच, मरिन पल ह्वेलनरुसी-अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेका छन् । भेलानगेर्शकोविच दुवै जासुसीको आरोपमा रुसमा जेल परेका थिए । अमेरिकाले पनि यी गिरफ्तारीको विरोध गर्दै आएको थियो । कुर्मशेवा एक अमेरिकी र रुसी नागरिक हुन् जसलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा जुन २०२३ मा रुसमा हिरासतमा राखिएको थियो ।

संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र अन्य तीन युरोपेली देशहरूबीच भएको यो सम्झौताअनुसार कुल २६ जनालाई रिहा हुनेक्रममा टर्कीको अन्करा पुर्‍याइएको थियो । 

त्यस्तै जर्मनीको हिरासतमा २०१९ देखि रहेका रुसी इन्टेलिजेन्सका कर्नेल भाडिम क्रासीकोभलाई पनि रिहा गरिएको छ  ।

यस अघि अमेरिका र रुसबीच कैदीको सबैभन्दा ठूलो आदानप्रदान सन् २०१० मा भएको थियो, जब रुसका लागि जासुसी गरेको आरोपमा अमेरिकामा १० जना पक्राउ परेका थिए । त्यसपछि यी १० कैदीलाई भियना विमानस्थलमा अन्य चार बन्दीसँग साटासाट गरिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : ३६ बजे

अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१८ भेडीयारीबाट अवैध लागूऔषध गाँजा ६ किलो १ सय ३०

नारायणी अस्पतालमा क्याथ ल्याब जडानको काम अन्तिम चरणमा

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म

विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग

अटलान्टा– अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,