गुरुङ समुदायको स्यार्ग नाच (तस्बिरहरु)  « Khabarhub

गुरुङ समुदायको स्यार्ग नाच (तस्बिरहरु) 

पितृलाई स्वर्ग तार्न गाइने र नाचिने स्यार्ग नाच


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुरुङ जातिको मृत्यु संस्कारसँग जोडिएको नाच हो स्यार्ग । यस जातिमा मानिसको मृत्यु पश्चात् १३ दिन या ४५ दिनमा पैं अर्थात् अर्गुम गर्ने परम्परा रहेको हुन्छ ।

सोही अर्गुममा सिमी अर्थात् मृत आत्मालाई स्वर्ग तार्न भाइ खलक र छोरी बहिनीहरू मिलेर स्यार्ग गाइने र नाचिने गरिन्छ ।

यो नाच गुरुङ जातिको बाहुल्यता रहेको कास्की, स्याङ्जा, लमजुङ, गोरखा, तनहुँमा नाचिने गरिन्छ । यसका साथै विभिन्न जिल्लाबाट उपत्यकामा बसोबास गर्ने गुरुङ जातिहरूले समेत यस परम्परालाई निरन्तरता दिएको पाइन्छ ।

यसै अवसरमा मिलीजुली बाबा समूह नार लामा क्होईबो घिं गुम्बा, काठमाडौंका सदस्यहरूले सोपाल गुरुङ समाजमा सो स्यार्ग नाच प्रस्तुत गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् :

तस्बिर : नेपाल फोटा लाईब्रेरी

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : ३९ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती