स्व.कामतको शोकमा आइतबार मधेसमा राष्ट्रिय झण्डा आधा झुकाइने | Khabarhub Khabarhub

स्व.कामतको शोकमा आइतबार मधेसमा राष्ट्रिय झण्डा आधा झुकाइने


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- शास्त्रीय सङ्गीतका महान् साधक एवम् लोकप्रिय गायक गुरुदेव कामतको निधनमा शोकाभिव्यक्तिका लागि मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधी झुकाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिँहले शुक्रबार जारी गरेको शोक वक्तव्यमा शिक्षा, चेतना र सँस्कार उन्नयनका लागि सङ्गीत विधालाई आजीवन अघि बढाएका स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार मधेश प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झन्डालाई आधी झुकाउने निर्णय गरिएको छ ।

वक्तव्यमा मुख्यमन्त्री सिँहले अत्यन्त गहिरो र प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्ति गर्न सम्पूर्ण जीवन व्यतीत गरेका भग्वतोपासक दिवंगत गुरुदेवजीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सिँहले स्व.कामत मनोरञ्जन र जीविकोपार्जनका लागि नभएर अत्यन्त कठिन र सङ्घर्षपूर्ण साङ्गीतिक आराधना र उपासनाका यात्राबाट शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक र उत्कर्षोन्मुख बनाएको उल्लेख गरे । उनले स्व. कामत जीवनका कठोरतम क्षणसँग लड्दै भिज्दैँ सङ्गीत क्षेत्रमा पुर्‍याएका योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री सिँहले स्व. कामतको साङ्गीतिक स्वरको समग्रता र सम्पूर्णताले मधेशको भूमिलाई अनन्तकालसम्म गौरव–गरिमाबाट विभूषित गरिरहने वक्तव्यमा लेखेका छन् ।

मुख्यमन्त्री सिँहले शोक वक्तव्यमा लेखेका छन्, ‘शास्त्रीय एवम् सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिनुभयो । उहाँको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सँख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम ढङ्गले बुझ्न सक्षम भएका छन् ।’

स्व.कामतकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा संलग्न हुन नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक र उत्कंठित भएको अवस्था रहेको थप्दै मुख्यमन्त्री सिँहले एउटा आदर्श सङ्गीत अनुयायी, आदर्श गुरु र साङ्गीतिक फाँटमा मानवीय मूल्यको निरूपण गर्ने संवेदनशील स्रस्टा/साधकका रूपमा दिवंगत गुरुदेवजी नेपाली साङ्गीतिक आकासमा सधैँभरि एउटा चम्किलो नक्षत्र भएर सबैलाई प्रेरित एवम् प्रोत्साहित गरिरहने मुख्यमन्त्री सिँहले वक्तव्य भनेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  २ : ११ बजे

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौँ– धेरै नेपालीले धुमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा

थारू बस्तीमा ‘सखिया नाच’को रौनक

खजुरा– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका

पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

एजेन्सी –पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत ‘कामधेनु गाई’

गण्डकी– यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई