कञ्चनपुरमा बाघ नियन्त्रण गर्न हात्ती परिचालन « Khabarhub

कञ्चनपुरमा बाघ नियन्त्रण गर्न हात्ती परिचालन


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी–२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

‘बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,’ उनले भने । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए ।

बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताए।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : १३ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने