कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम « Khabarhub

कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको  प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।

‘दलको बैठकको निर्णयअनुसार सिफारिस भएका चारै जना मन्त्रीको नाम मुख्यमन्त्रीसमक्ष पठाएका छौँ,’ उनले भने, ‘तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने काम उहाँले अगाडि बढाउनुहुन्छ । सिफारिस मन्त्रीहरूमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चार मन्त्रीले यही साउन ७ गते सरकारबाट समर्थन फिर्ता लिँदै मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : १९ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका