इस्लामिक स्टेट नियन्त्रित क्षेत्रबाट सर्वसाधारण सारियो « Khabarhub

इस्लामिक स्टेट नियन्त्रित क्षेत्रबाट सर्वसाधारण सारियो


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको पूर्वी सिरियाको बगौज क्षेत्रबाट सयौँ सर्वसाधारण सुरक्षित स्थानतर्फ सारिएको छ । दर्जनौँ ट्रकमा चढेर उनीहरु इस्लामिक स्टेटको गढबाट अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफको नियन्त्रण रहेको स्थानतर्फ आएको एसडिएफले जनाएको छ ।

इस्लामिक स्टेटको गढबाट भागेर आउने सर्वसाधारणको यो अन्तिम समूह रहेको जनाइएको छ । सर्वसाधारण र इस्लामिक स्टेटका लडाकुलाई छुट्याएपछि इस्लामिक स्टेटविरुद्ध त्यस क्षेत्रमा वृहद सैनिक आक्रमण गरिने एसडीएफले जनाएको छ ।

हाल इस्लामिक स्टेट पूर्वी सिरियामा युफ्रातेज नदिको किनारमा केही सय वर्गमिटरको क्षेत्रमा सिमित छ । इस्लामिक स्टेटको अन्तिम गढमा अमेरिका समर्थित एसडीएफले सैनिक कारवाही गरिरहेको छ । सैनिक कारवाही केही दिनभित्रै सकिने र त्यसपछि पूर्वी सिरियाबाट इस्लामिक स्टेट पराजित हुने अपेक्षा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : २६ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन