मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्यमा नयाँ रेकर्ड « Khabarhub

मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्यमा नयाँ रेकर्ड


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य रेकर्डस्तरमा पुग्नुमा मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोरी कारण रहेको विश्लेषकहरूले बताएका छन्‌ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम सुनको मूल्य १ लाख २४ हजार ९१५ रुपैयाँ थियो ।

साता भरको उतारचढाव पश्चात्‌ साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च हुनेगरी प्रति १० ग्राम १ लाख २८ हजार ५१५ रुपैयाँ कायम भएको हो । साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३ हजार ६०० रुपैयाँ बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७४० रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७९५ रुपैयाँ कायम भयो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : २९ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न