मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्यमा नयाँ रेकर्ड « Khabarhub

मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्यमा नयाँ रेकर्ड


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य रेकर्डस्तरमा पुग्नुमा मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोरी कारण रहेको विश्लेषकहरूले बताएका छन्‌ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम सुनको मूल्य १ लाख २४ हजार ९१५ रुपैयाँ थियो ।

साता भरको उतारचढाव पश्चात्‌ साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च हुनेगरी प्रति १० ग्राम १ लाख २८ हजार ५१५ रुपैयाँ कायम भएको हो । साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३ हजार ६०० रुपैयाँ बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७४० रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७९५ रुपैयाँ कायम भयो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : २९ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की