राजदूत नियुक्तिप्रति उपेन्द्र यादवको असन्तुष्टि, लोकतन्त्र धरापमा परेको जिकिर | Khabarhub Khabarhub

राजदूत नियुक्तिप्रति उपेन्द्र यादवको असन्तुष्टि, लोकतन्त्र धरापमा परेको जिकिर


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले गरेको राजदूत नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत १८ जना राजदूत सिफारिस गर्दा मधेशी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले संविधानको धारा २८२ मा राजदूत नियुक्ति समावेशी सिद्धान्तको आधारमा गर्ने भनिएको समेत स्मरण गराएका छन् ।

उनले भने, ‘संवैधानिक परिषदबाट हुने नियुक्ति सिफारिस समावेशी भएन, १८ जना राजदूतमा देखिएको अनुहार एउटा उदाहरण मात्रै हो ।’

यादवले शासकहरूको जातिवादी, श्वेत नीति वा नश्लवादी विचारले समावेशी लोकतन्त्र नै धरापमा परेको आरोप समेत लगाएका छन् ।

उनी लेख्छन्– ‘न्यायाधीश नियुक्ति समावेशी हुन्न, संवैधानिक निकायहरूको नियुक्तिमा समावेशिता ख्याल गरिन्न । मन्त्रिपरिषद् आफैँमा समावेशी छैन । राज्यको चरित्र यस्तो छ कि त्यसले केवल खसआर्य एकल समुदायको प्रभुत्वलाई नै अगाडि बढाएको देखिन्छ ।’

शक्ति तथा सत्ता स्वार्थले राष्ट्रियता, राष्ट्रिय एकीकरण र राष्ट्रिय एकतालाई पनि जोखिममा पारेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १२ : ५२ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते