स्वीडेनद्वारा लेबनानस्थित आफ्नो दूतावास बन्द « Khabarhub

स्वीडेनद्वारा लेबनानस्थित आफ्नो दूतावास बन्द


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– स्वीडेनले लेबनानको बेरुतस्थित आफ्नो दूतावास बन्द गरेको शनिबार जनाएको छ । हजारौँ नागरिकलाई लेबनान छोड्न आग्रहसहित गाजामा युद्ध बढ्न सक्ने सम्भावना पछि दुतावास बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।   

यस हप्ता भएको हमास र हेजबुल्लाह नेताहरूको हत्याले गाजा युद्धको बीचमा थप क्षेत्रीय तनाव बढाएको छ ।

स्वीडेनको विदेश मन्त्रालयले आफ्ना कर्मचारीलाई बेरुत छोडेर साइप्रस जान निर्देशन दिँदै दूतावास अस्थायी रूपमा स्थानान्तरण गर्ने योजना बनाइरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले  बताए।  

उक्त निर्णय सुरुआती चरणमा अगस्ट महिनाको लागि लिइएको जनाउदै उनले सुरक्षा अवस्थाका आधारमा विस्तार गर्न सकिने उल्लेख गरेका छन् ।  

विदेश मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरदेखि जारी गरिएको चेतावनी बावजुत दश हजार स्वीडेनका नागरिक लेबनान गएका हुनसक्ने उल्लेख गर्दै विदेश मन्त्री बिलस्ट्रोमले लेबनानमा रहेका स्वीडेनका नागरिकलाई सो देश छोडी अन्यत्र जान आग्रह गरेका छन् ।  

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ५४ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण