‘देवी’को टिजरमा निर्मला पन्तको घटना ! « Khabarhub

‘देवी’को टिजरमा निर्मला पन्तको घटना !


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भदौ २१ देखि प्रदर्शनमा आउने फिल्म ‘देवी’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिबार १ मिनेट ३० सेकेण्ड लामो टिजर युट्युबमार्फत सार्वजनिक गरेको हो । 

फिल्म समाजमा घट्ने बलात्कार, त्यसको अनुसन्धानमा कानुनले पार्ने प्रभाव र निम्त्याउने परिणामको कथामा बनेको टिजरबाट बुझ्न सकिन्छ । फिल्ममा केही वर्षअघि बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना पनि समावेश भएको प्रष्ट हुन्छ। 

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । उनले अजय गौतमसँग मिलेर कथा लेखेका छन् ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायतको अभिनय रहेको छ । 

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यो फिल्मले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : २४ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको