‘देवी’को टिजरमा निर्मला पन्तको घटना ! « Khabarhub

‘देवी’को टिजरमा निर्मला पन्तको घटना !


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भदौ २१ देखि प्रदर्शनमा आउने फिल्म ‘देवी’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिबार १ मिनेट ३० सेकेण्ड लामो टिजर युट्युबमार्फत सार्वजनिक गरेको हो । 

फिल्म समाजमा घट्ने बलात्कार, त्यसको अनुसन्धानमा कानुनले पार्ने प्रभाव र निम्त्याउने परिणामको कथामा बनेको टिजरबाट बुझ्न सकिन्छ । फिल्ममा केही वर्षअघि बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना पनि समावेश भएको प्रष्ट हुन्छ। 

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । उनले अजय गौतमसँग मिलेर कथा लेखेका छन् ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायतको अभिनय रहेको छ । 

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यो फिल्मले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : २४ बजे

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना

प्रदेशसभा बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले बुझाए पत्र

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले

तस्बिरमा हेर्नुहोस्, पोखरा र विराटनगरको प्रतिस्पर्धा 

काठमाडौं– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा

जथाभावी औषधि सेवन नगर्न मन्त्री डा. गौतमको आग्रह

काठमाडौं– आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह