मनसुनजन्य विपद : हालसम्म १५० को मृत्यु, १७७ घाइते « Khabarhub

मनसुनजन्य विपद : हालसम्म १५० को मृत्यु, १७७ घाइते


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

उनका अनुसार बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा २६, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्प्रदेशमा पाँच गरी जम्मा आजसम्म एक सय आठजनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनले भने, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएको र उनीरुको खोजी जारी छ ।”

बाढीको कारण आज दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ५९ घर, ९५ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिराबाट सात सय ४३ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : २६ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट