पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज « Khabarhub

पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आइतबार हुँदैछ। पहिलो रोचक खेल बराबरीमा टुंगिएपछि दोस्रो खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। यो खेल आइतबार दिउँसो २:४५ बजे कोलम्बुमा सुरु हुँदैछ। शुक्रबार सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको थियो।

पहिलो खेलमा भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए। त्यस्तै अक्षर पटेलले ३३, केएल राहुल ३१, शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए। भारतलाई सस्तैमा समेट्न श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन-तीन विकेट लिए।

टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो। श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरेका थिए। पाथुम निसान्काले ५६ रन जोड्दा वानिन्दु हसरंगाले २४ रन जोडेका थिए। बलिङतर्फ भारत अक्षर पटेल र आर्शदीप सिंहले दुईदुई विकेट हात पारेका थिए।

यसअघि भारतसँगको टी-२० सिरिज गुमाएको श्रीलंका घरेलु मैदानमा एक दिवसीय सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। सिरिज उचाल्न बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा भारत र श्रीलंका छन्। टी-२० विश्वकप जितेको भारत त्यसपछिको पहिलो एकदिवसीय सिरिजका लागि श्रीलंका गएको हो। यो सिरिजलाई कप्तान रोहित शर्माको अग्निपरीक्षाका रुपमा प्रमुख प्रशिक्षक गौतम गम्भीरले लिएका छन्।

विश्वकपपछि जिम्माबावे र श्रीलंकाविरुद्धको टी-२० सिरिज भने भारतले उचालिसकेको छ। जिम्बावेविरुद्धको सिरिजमा भारतीय टोली सुभमन गिलको कप्तानीमा गएको थियो भने श्रीलंकाविरुद्ध सूर्यकुमार यादवको कप्तानीको टोलीले सिरिज उचालेको हो। भारतका प्रमुख प्रशिक्षक गम्भीरले रोहित शर्माको कप्तानीमा एक दिवसीय र सूर्यकुमार यादवको कप्तानीमा टी-२० टिम बनाएका हुन्।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ४७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी