काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहितअंक नै हासिल गरेको छ ।

नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : ०२ बजे

गर्मीमा बेसार खाँदा हुन्छन् यस्ता फाइदा

काठमाडौं– आयुर्वेदमा बेसारलाई निकै फाइदाजनक खानेकुरा मानिन्छ । भान्सामा सहजै

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

मुस्ताङ– मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा