कमलबहादुर शाह फेरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने « Khabarhub

कमलबहादुर शाह फेरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । शाहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) मिलेर सुदूरपश्चिममा कांग्रेसका शाहको नेतृत्वमा सरकार गठनको तयारी भएको छ ।

प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आज साँझसम्मको समय दिएका छन् ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा कांग्रेसको १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ३३ बजे

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा तत्कालीन काठमाडौं महानगरका

दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई

नेप्से परिसूचक २४ अङ्कले ओरालो

काठमाडौं– गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको