रास्वपाका सांसद र नेताले निजी गाडी थन्क्याए, पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने « Khabarhub

रास्वपाका सांसद र नेताले निजी गाडी थन्क्याए, पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूले शनिबारबाट पार्टी कार्यालय चमतीमा निजी गाडी छोडेका छन् ।

पार्टी कार्यालयमा निजी गाडीहरू छोडेर नेता तथा सांसदहरूले पाँच दिनसम्मलाई सार्वजनिक यातायात चढ्न थालेका छन् ।

आइतबार तनहुँमा भएको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, गणेश पराजुली पुगेका छन् । उनीहरूले त्यहाँ जान पनि सार्वजनिक यातायात प्रयोग गरेका हुन् ।

शनिबार पार्टीको बन्द कार्यशाला सकेर सम्पूर्ण नेता तथा सांसदहरू सार्वजनिक यातायातमै घर फर्किएको रास्वपा सचेतक निशा डाँगीले खबरहबलाई बताइन् ।

आइतबार पार्टी उपसभापति डोलप्रसाद अर्याल पनि सार्वजनिक यातायात चढेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको खेल हेर्न पुगेका छन् ।

दशरथ रङ्गशालामा आइतबार नेपाल र इरानबीचको भलिबल खेल भइरहेको छ। सभापति रवि लामिछाने भने आइतबार घरमै आराम गरिरहेको उनको सचिवालयका एक सदस्यले खबरहबलाई बताए ।

सार्वजनिक यातायातको अवस्था बुझ्न र सर्वसाधारणले भोगिरहेका समस्या नजिकबाट नियाल्न आफूहरूले सार्वजनिक यातायात पाँच दिनसम्म चढ्ने अभियान चलाएको उपसभापति अर्याल बताउँछन् ।

उनले सभापति लामिछानेसहित अन्य सबै नेताहरूले सार्वजनिक यातायात चढ्ने बताए ।

डाँगीले पनि सार्वजनिक यातायातमा नागरिकका दु:ख नजिकबाट नियालेर व्यवस्थापनका उपाय खोज्न रास्वपाले यो अभियान चलाएको बताउँछिन् ।

रास्वपाको अभियान आगामी बुधवारसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ४ : ५० बजे

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

रोचक बन्दै गोल्डेन बुटको दौड : मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र भिनिसियस

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने

निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने !

काठमाडौँ- फिल्म हेर्न त दर्शकले टिकट काट्ने हो नि ।

म्याग्दी जिल्ला पूर्णखोपयुक्त घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका