चेतावनीको शैलीमा एमाले नेताहरूलाई ओलीले भने- कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्नू | Khabarhub Khabarhub

चेतावनीको शैलीमा एमाले नेताहरूलाई ओलीले भने- कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्नू


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टीभित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका उनले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत व्यवहार, गलत आचरण गरेर पार्टी अघि नबढ्ने बताए ।

लोकतन्त्रको नाममा गुटबन्दी गरेर कुनै पनि पार्टी उँभो नलाग्ने ओलीले प्रष्ट पारे । ‘पार्टी ओरालो लाग्नु छ भने गुटबन्दीको बाटो समाउँछ पार्टीले’, उनले भने ।

अरूका पार्टीमा आफूले केही बताउन नचाहे पनि एमालेमा गुटबन्दी स्वीकार्य नभएको ओलीले प्रष्ट पारे । उनले कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्न नेताहरूलाई निर्देशन गरे ।

‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन, कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य छैन, गुटबन्दी पार्टीविरुद्धको कुरा हो’, ओलीले भने ।

एमाले विभाजित हुनको पछि पनि त्यही गुटबन्दी कारक बनेको ओलीले बताए । ‘लामो समयदेखि गुटबन्दी थियो, या त हामीले गुटबन्दी नियन्त्रण गर्नुपर्थ्यो, सकिएन भने विभाजनमा जानु पर्थ्यो, हाम्रो पार्टी त्यस्तै भयो’, ओलीले भने ।

ओलीले पार्टीलाई सफल बनाउन र आफू पनि सफल बन्न इमानदारिताको साथ काम गर्नुपर्ने बताए । पार्टीमा निष्ठापूर्वक सक्रियताको साथ काम गर्नुपर्नेमा उनले जोड दिए । ‘सफलतामा पुग्नु छ भने इमानदारिता चाहिन्छ’, उनले भने ।

जालझेल पक्ष विपक्ष र गुटबन्दी गरेर कोही पनि सफल नहुने उनले बताए । जालझेल र गुटबन्दीको दायर सानो हुने भएकोले त्यो केही समयमा नै टुट्ने ओलीको भनाइ छ । जत्रो ठुलो भए पनि जालले समुन्द्र समेट्न नसकिने उनले स्पष्ट पारे ।

एमाले सबैखालका षडयन्त्र चिर्दै अहिलेको अवस्थामा आएको ओलीले बताए । त्यसैले एमालेले देशमा सुनौलो दिन ल्याएरै छाड्ने ओलीले दाबी गरे ।

सबैको साझा प्रयासबाट देशलाई सफल बनाउनु पर्ने ओलीले बताएका छन् ।

ओलीले वर्तमान सरकार कुनै स्टन्टबाजीको लागि नबनेको बताए । अहिलेको समीकरण लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने ओलीले प्रष्ट पारे ।

कांग्रेस र एमालले लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफवाह नफैलाउने उनले स्पष्ट पारे ।

कांग्रेस र एमालेको लोकतन्त्र प्राप्तिको आन्दोलनमा भएको योगदान सबैलाई जानकारी भएको बताउँदै उनले त्यसको लागि कुनै स्टन्टबाजी गर्न आवश्यक नरहेको बताए । ‘स्टन्टबाजी पनि गर्दैन, कसैलाई झोक्याउने खेल पनि खेल्दैन’, उनले भने ।

देश र जनताको आवश्यकताको आधारमा संविधान संशोधन गरिने बताउँदै ओलीले संविधान संशोधन कांग्रेस र एमालेको संयुक्त एजेणडा भएको बताए ।
संविधान संशोधन अग्रगमन र देशको राजनीतिक अस्थिरताको निकासका लागि हुने पनि उनले प्रष्ट पारे । ‘लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन’, उनले भने ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ४४ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको