बाल मनोविज्ञानको कथामा फिल्म ‘रोल नं.१’ बन्ने « Khabarhub

बाल मनोविज्ञानको कथामा फिल्म ‘रोल नं.१’ बन्ने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘रोल नं. १’ बन्ने भएको छ । सेभेन सिज सिनेमाले आइतबार सो फिल्म निर्माणको घोषणा गरेको हो । निर्माण पक्षले तिहारपछि छायांकनमा निस्कने जानकारी दिएको छ । यद्यपि कलाकारको अनुबन्धबारे केही खुलाएको छैन ।

सेभेन सिजका अनुसार फिल्म बाल मनोविज्ञानको कथामा आधारित रहेको छ । फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक भएको छ । सो पोस्टरमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

सेभेज सिजको ब्यानरमा बन्ने यस फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ भने महेश दवाडीको पटकथा तथा संवाद रहने बताइएको छ । सेभेन सिजको यो तेस्रो फिल्म हो । यो ब्यानरको दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पोस्ट प्रोडक्सनमा छ । दशैको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्यमा निर्माण पक्ष रहेको छ ।

त्यसअघि बनेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : २१ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ