भारतको तीव्र आर्थिक वृद्धिदर कायमै : लजार्ड « Khabarhub

भारतको तीव्र आर्थिक वृद्धिदर कायमै : लजार्ड


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले तीव्र गतिमा हासिल गरेको आर्थिक वृद्धिदरलाई कायमै राखेको अन्तर्राष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लजार्डले जनाएको छ । उदीयमान बजारबारे प्रतिवेदन सार्वजनिक गर्दै लजार्डले भारत चाँडै विश्वकै अग्रणी औद्योगिक उत्पादनको केन्द्र बन्न अग्रसर रहेको समेत जनाएको छ ।

जनसङ्ख्याको हिसाबमा मजबुत अवस्थामा रहेको भन्दै लजार्डले भारतलाई युवा जनसङ्ख्याको लाभ सन् २०६० सम्म नै मिल्ने जनाएको छ । लजार्डले भारतको ८० प्रतिशत जनसङ्ख्या ५० वर्षभन्दा कम रहेको र मध्यमवर्गको विस्तार पनि तीव्र गतिमा भइरहेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीका अघिल्ला दुई कार्यकालमा भारतको वृहद अर्थतन्त्र स्थीर बनेको लजार्डले आफ्नो प्रतिवेदनमा लेखेको छ । भारतले आफ्नो डिजिटल अर्थतन्त्रमा पनि दशौँ लाख जनसङ्ख्यालाई समेट्न सफल भएको लजार्डको प्रतिवेदनमा जनाइएको छ ।

यद्यपि भारतले शिक्षा र कृषिका क्षेत्रमा अझै चुनौतीको सामना गर्नुपर्ने उक्त प्रतिवेदनमा औँल्याइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : १३ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा