भारतको तीव्र आर्थिक वृद्धिदर कायमै : लजार्ड « Khabarhub

भारतको तीव्र आर्थिक वृद्धिदर कायमै : लजार्ड


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले तीव्र गतिमा हासिल गरेको आर्थिक वृद्धिदरलाई कायमै राखेको अन्तर्राष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लजार्डले जनाएको छ । उदीयमान बजारबारे प्रतिवेदन सार्वजनिक गर्दै लजार्डले भारत चाँडै विश्वकै अग्रणी औद्योगिक उत्पादनको केन्द्र बन्न अग्रसर रहेको समेत जनाएको छ ।

जनसङ्ख्याको हिसाबमा मजबुत अवस्थामा रहेको भन्दै लजार्डले भारतलाई युवा जनसङ्ख्याको लाभ सन् २०६० सम्म नै मिल्ने जनाएको छ । लजार्डले भारतको ८० प्रतिशत जनसङ्ख्या ५० वर्षभन्दा कम रहेको र मध्यमवर्गको विस्तार पनि तीव्र गतिमा भइरहेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीका अघिल्ला दुई कार्यकालमा भारतको वृहद अर्थतन्त्र स्थीर बनेको लजार्डले आफ्नो प्रतिवेदनमा लेखेको छ । भारतले आफ्नो डिजिटल अर्थतन्त्रमा पनि दशौँ लाख जनसङ्ख्यालाई समेट्न सफल भएको लजार्डको प्रतिवेदनमा जनाइएको छ ।

यद्यपि भारतले शिक्षा र कृषिका क्षेत्रमा अझै चुनौतीको सामना गर्नुपर्ने उक्त प्रतिवेदनमा औँल्याइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : १३ बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी