चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँः अभिनेत्री पन्त | Khabarhub Khabarhub

चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँः अभिनेत्री पन्त


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले कर्णाली प्राकृतिक सुन्दरतासँगै विविध संस्कृतिले भरिपूर्ण भएको आफूले पाएको बताएकी छन् । आफू अभिनित चलचित्र ‘बुलाकी’ को प्रचारप्रसारका लागि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णालीमा छायाङ्कनका लागि बिताएको समय र आफ्नो पात्रको विषयबारे चर्चा गरिन् ।

“यस चलचित्रमा मैले कर्णालीको हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु । चलचित्रमा निसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ”, अभिनेत्री पन्तले भनिन्।

आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गरेकी थिइन् । स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उनले बताइन् । मनाङमा एक इटालियन चलचित्रको छायाङ्कन सकाएको एकसातापछि उनी कर्णाली पुगेको बताइन् ।

“पात्रका लागि जति तयारी गरे पनि स्थानीयमा नपुगी पूर्ण पाउँदैन । त्यसैले म एक हप्ता विश्राम गरेर स्थानीयसँग भेट्न पुगे । त्यहाँको जीवन र छुट्टै छ । त्यहाँका मान्छे मैले खुसी भएको पाएको छु”, उनले भनिन्।

कर्णाली पिछडिएको क्षेत्र भनेर आफूले सुने पनि त्यहाँ पुगेपछि भने उक्त सोच परिवर्तन भएको अभिनेत्री पन्तले बताइन् । “मैले छायाङ्कनको समयमा जारी प्रथाबारे जिज्ञासा राखेकी थिएँ । छिटपुट हुने गरेको घटनाबारे स्थानीयले सुनाउनुभएको थियो । त्यहाँ बस्दा मैले बुझेको कर्णालीका महिला सक्षम छन् र अभिभावकत्व लिन तयार छन् भन्ने हो”, अभिनेत्री पन्तले भनिन् ।

चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : २७ बजे

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस