४० अंकले बढ्यो नेप्से, कारोबार करिब २२ अर्ब  « Khabarhub

४० अंकले बढ्यो नेप्से, कारोबार करिब २२ अर्ब 


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४०.७६ अंकले बढेको छ । नेप्से १.४७ प्रतिशतले बढेर २७९६.३८ विन्दुमा पुगेको छ । नेप्से करिब २८ सयको विन्दुमा पुगेसँगै कारोबारमा पनि उछाल आएको छ । 

आइतबार सार्वजनिक बिदा भएकाले बन्द रहेको नेप्से सोमबार साताको पहिलो बजार खुल्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर २ लाख ३८ हजार ७८ पटक किनबेच भएको छ । 

आज वाणिज्य बैंकलगायत धेरै कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएसँगै शेयर बजारमा पनि रौनक आएको देखियो । कम्जोर र नाफा कम भएका कम्पनीमा भन्दा राम्रो वित्तीय अवस्था भएको कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको थियो । 

नेप्सेले आज १ बजेर ४७ मिनेटमा भने २८ सयको विन्दु समेत पार गरेको थियो । तर २ बजे भने नेप्से २८ सय भन्दा तल झरेको थियो अन्त्यमा बजार बन्द हुँदा भने नेप्से २७९६ मा बन्द भएको थियो । सोमबार नेप्सेले ५५ अंकको एकै दिन करेक्सन भएको देखिएको छ । 

नेप्से ४० अंकले बढ्दा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य मात्र बढेको छ । बाँकी ६ वटा समूहको शेयर मूल्य भने घटेको छ । प्रतिशतका आधारमा सोमबार सबैभन्दा बढी होटल एण्ड टुरिजमको ६.६९ प्रतिशतले शेयर मूल्य बढेर ७७८०.६६ विन्दुमा पुगेको छ । सबैभन्दा कम बढ्नेमा निर्जीवन बीमा १.२५ प्रतिशतले बढेर १३ हजार ६७१.६४ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा बढी घट्नेमा फाइनान्स ४.६१ प्रतिशतले घटेर ३४०४.१३ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा कम मूल्य घट्ने समूह म्युचलअ फण्ड रहेको छ । उक्त समूह ०..१८ प्रतिशतले घटेर २१.८२ विन्दुमा पुगेको छ । 

म्युचअल फण्ड, कम्पनी र बोन्ड गरेर ३२६ वटा स्टक कारोबार हुँदा १६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा स्टकको मूल्य घटेको छ । १ वटा स्टकको मूल्य भने स्थिर रहेको छ । 

सोमबार १३ वटा स्टकको मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । थप ४ वटा स्टकको मूल्य समेत ८ प्रतिशत भन्दा बढीले बढेको छ । नेपाल फाइनान्सको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३० बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु