प्रकाशशरणले भने- सेयर बजारको ‘बुलिस ट्रेन्ड’ स्वभाविक छैन « Khabarhub

प्रकाशशरणले भने- सेयर बजारको ‘बुलिस ट्रेन्ड’ स्वभाविक छैन


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए ।

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिएका छन् ।

महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रीक नीति र कांग्रेस–एमाले सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

उनले बढीभन्दा बढी जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने र त्यहीअनुसार बजेट बिनियोजन गर्नमा जोड दिए ।

वित्तीय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिवद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताएका छन् ।

महतले जथाभावी ऋण लिने प्रवृत्तिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिएका छन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ०० बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु