‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओली  « Khabarhub

‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओली 


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एसिड आक्रमणमा परेका ३३ पीडितहरूको वास्तविक घटनामा निर्माण भएको फिल्म ‘नमेटिने घाउ’को ‘फस्ट लुक’ पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष स्थान दिइएको छ । पोस्टरमा मध्यभाग ओलीको ठूलो तस्बिर र पृष्ठभूमिमा अन्य कलाकारहरूलाई राखिएको छ । 

यस फिल्ममा ओलीको अभिनय रहेको छ । केही महिनाअघि उनी छायांकनमा सहभागी भएका थिए भने, शनिबार उनले आफ्नो अशंको डबिङ गरेका थिए । 

निर्देशक रमित ढुंगानका अनुसार यस फिल्ममा ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय रहेको छ । 

त्यस्तै, फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनीलगायतको अभिनय रहेको छ । 

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने लागेको हो । रमितले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति भदौ ७ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : १० बजे

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना

प्रदेशसभा बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले बुझाए पत्र

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले

तस्बिरमा हेर्नुहोस्, पोखरा र विराटनगरको प्रतिस्पर्धा 

काठमाडौं– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा

जथाभावी औषधि सेवन नगर्न मन्त्री डा. गौतमको आग्रह

काठमाडौं– आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह