‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओली  « Khabarhub

‘नमेटिने घाउ’को पोस्टरमा प्रधानमन्त्री ओली 


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एसिड आक्रमणमा परेका ३३ पीडितहरूको वास्तविक घटनामा निर्माण भएको फिल्म ‘नमेटिने घाउ’को ‘फस्ट लुक’ पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष स्थान दिइएको छ । पोस्टरमा मध्यभाग ओलीको ठूलो तस्बिर र पृष्ठभूमिमा अन्य कलाकारहरूलाई राखिएको छ । 

यस फिल्ममा ओलीको अभिनय रहेको छ । केही महिनाअघि उनी छायांकनमा सहभागी भएका थिए भने, शनिबार उनले आफ्नो अशंको डबिङ गरेका थिए । 

निर्देशक रमित ढुंगानका अनुसार यस फिल्ममा ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदहरू देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय रहेको छ । 

त्यस्तै, फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनीलगायतको अभिनय रहेको छ । 

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने लागेको हो । रमितले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति भदौ ७ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : १० बजे

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव आह्वान

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित