‘माइली’को शुभमुहूर्त, शीर्ष भूमिकामा करिश्मा र प्रियंका « Khabarhub

‘माइली’को शुभमुहूर्त, शीर्ष भूमिकामा करिश्मा र प्रियंका


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिश्मा मानन्धर र प्रियंका कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘माइली’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा सोमबार बिहान मुहूर्त गरिएको हो ।

नायिका प्रियंका कार्की र बाल कलाकार कमला घिमिरेले मुहूर्त सट दिए । फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् ।

यससँगै मंगलबारदेखि फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले बताएको छ । निर्देशकबाबु साहेब बलामीका अनुसार फिल्म सत्य घटनामा आधारित कथामा महिलाको पीडा देखाइनेछ ।

कथाबारे बलामी भन्छन्, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ ।’

निर्देशक बलामीका अनुसार फिल्म काठमाडौं, कुलेखानी, मकवानपुर र दुबईमा खिचिनेछ ।

यस फिल्ममा प्रियंका, करिश्मा, कमलासहित शर्मिला मल्ल, सुष्मा लामा, कुसुम शर्मा लगायतको अभिनय हुने छ ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्मका लेखक निर्देशक बलामी आफैँ हुन् भने पटकथा र संवाद राजेन्द्र बजगाईँको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : ०७ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ