आशिरमान र शिल्पाले साटे पहिलो ‘किस सिन’ को अनुभव « Khabarhub

आशिरमान र शिल्पाले साटे पहिलो ‘किस सिन’ को अनुभव


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ब्रेकअप’ को रिलिज मिति नजिकिँदै छ । फागुन १७ देखि प्रदर्शनमा आउने यो फिल्मको त्यति धेरै चर्चा छैन, जति हुनुपर्ने थियो । सोही मितिमा अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ पनि रिलिज हुने भएपछि फिल्म जानाजान भिड्न लागेका हुन् भन्ने धेरैलाई लागेको छ ।

यद्यपि फिल्मलाई प्रतिस्पर्धात्मक रुपमा जुधाउन नखोजेको ‘ब्रेकअप’ का निर्देशक हेमराज बिसी दावी गर्छन् । उनका अनुसार फिल्मको प्राविधिक काम नसकिएकाले यो मितिमा रिलिज गर्नुपरेको हो । जहिले रिलिज गरेपनि कुनै न कुनै फिल्मसँग त जुधाउनु नै थियो ।

‘ब्रेकअप’ ले रिलिज गरेको ट्रेलरमा नै चुम्बनको दृश्य छ । उक्त दृश्य खिच्दा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई कस्तो अनुभव रह्यो होला ?

काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फिल्मका मुख्य कलाकार आशिरमान र शिल्पाले पहिलो चुम्बन सिन दिँदाको बेलालाई स्मरण गरिन् ।

‘स्किृप्ट हेर्दा पहिले नै हल्का डर त लागेको थियो तर फिल्म टिमसँग मलाई विश्वास थियो, यदि विश्वास हुँदैनथ्यो भने शायद ‘नो’ भन्थेँ होला,’ नायिका मास्केले सुनाइन्, ‘पहिलो टेक पोखरामा थियो, काम गरिसकेपछि कस्तो देखिएला भन्ने लागिरहेको थियो, त्यो दृश्य निर्देशकको निर्देशनमा भइरहेको थियो ।’

शिल्पाले पहिले आफूलाई असहज लागेपनि पछि भने त्यो चुम्बनको दृश्य आफ्नो कामकै एउटा हिस्सा भएकाले सामान्य लागेको बताइन् ।

शिल्पाको कुरामा सहमति जनाउँदै आशिरमानले यो टिमसँग काम गर्दा आफूलाई पनि अप्ठेरो नभएको बताए ।

‘चुम्बनको दृश्य गर्दा हामीलाई अरु बेलाजस्तै हामीलाई सामान्य नै लागेको थियो, वास्तविक जीवनमा चुम्बनबारे थाहा भएपनि अनस्किृनमा भने पहिलो अनुभव थियो,’ आशिरमानले थपे, ‘हामीले पहिलोपटक चुम्बनको दृश्य दिँदा बिगारेका थियौँ, कसरी क्यामरामा देखाउने भन्नेमा कन्फ्युज थियौँ, त्यतिबेला मेरो ध्यान गरेको काम निर्देशकलाई चित्त बुझ्ला कि नबुझ्ला भन्नेमै थियो ।’

नरेन्द्र मैनालीले खिचेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । रुपक राना, दीपक खतिवडा, रेनु राना र हेमराज बिसीको लगानी रहेको यो फिल्ममा आशिरमान र शिल्पाका अलावा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारको समेत मुख्य भूमिका छ ।

फिल्ममा एक जोडीको रोमान्टिक लभस्टोरीलाई प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : १७ बजे

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी