सुनको मूल्यमा ठूलो गिरावट, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा भइरहेको छ कारोबार ?


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७ सय र तेजाबी सुन १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : २२ बजे

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती