चन्द्रागिरीले मातहत सेवा प्रदायकलाई एउटै नेटवर्कमा जोड्ने | Khabarhub Khabarhub

चन्द्रागिरीले मातहत सेवा प्रदायकलाई एउटै नेटवर्कमा जोड्ने


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई  एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ ।

वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन्  ।

यसका  लागि  नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जिटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डङ्गोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नगरपालिका कार्यालय र अन्तर्गतका १५  वडा कार्यालय, १५  स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्र, २४  सामुदायिक विद्यालय र एक नगर अस्पतालमा इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सीसीटीभी  कनेक्टिभिटीलगायत सेवा टेलिकमले प्रदान गर्नेछ । यसका साथै दुई सयभन्दा बढी सार्वजनिक स्थानमा ‘वाइफाइ हटस्पट’को सेवा पनि टेलिकमले प्रदान गर्नेछ ।

टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि विभिन्न चोकमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

नगरप्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जिपिएस/ जिआइएससहितको नगर प्रोफाइलका सेवा अवलम्बन गर्न यस सम्झौताले पूर्वाधार र सहजीकरणको भूमिका खेल्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका मातहतका कार्यालय, विद्यालयका गतिविधि अब नगरबाट नै निगरानी गर्न सकिने र अन्तरआवद्धतालाई थप प्रभावकारी बनाउने जानकारी दिए । यसले नगरलाई थप प्रविधिमैत्री बनाउन सहयोग मिल्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ०० बजे

वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’

काठमाडौं – पार्टीका पूर्वनेता वामदेव गौतमलाई भित्र्याउनेबारे नेकपा (एमाले) अनिर्णित

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

एजेन्सी – मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी

एमालेले २०८२ भदौमा विधान महाधिवेशन डाक्ने

काठमाडौं – नेकपा (एमाले)ले वि.सं. २०८२ भदौमा पार्टीको विधान महाधिवेशन

महिनामा नेपाल भित्रियो पौने २ करोड थान पुरुष कण्डम

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने

‘कोशेढुङ्गा’मा कलाकारको रोचक लाइअप, आर्यनदेखि नीतिसम्म

काठमाडौं – सबैभन्दा बढी व्यापार गरेर कीर्तिमान कायम राखेको फिल्म