तेह्रथुमबाट ५३ करोड मूल्यको गोलिया काठ बिक्री « Khabarhub

तेह्रथुमबाट ५३ करोड मूल्यको गोलिया काठ बिक्री


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– यहाँबाट आर्थिक वर्ष २०८०-८१ मा ५३ करोड मूल्य बराबरको गोलिया काठ निर्यात भएको छ । गोलिया काठ निर्यातबापत संघीय सरकारलाई रु सात करोड ३१ लाख ६९ हजार मूल्य अभिवृद्धि कर संकलन भएको छभने ७८ लाख ८५ हजार तीन सय प्रदेश सेवा शुल्कबापत राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार एक सय ८६ क्युफिट गोलिया काठ जिल्लाबाहिर निर्यात भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख उधिमप्रसाद राईले बताए। उनका अनुसार निर्यात भएका सबै गोलियालाई सरकारी दरमा हिसाब गर्दा त्यति मूल्यको पर्ने देखिन्छ ।

निर्यात हुने गोलियामा ९० प्रतिशत ‘बी’ ग्रेडका उतिसका रूख  हुने गर्छन् । गोलियाको गुणस्तर अनुसार ‘ए’ ग्रेड र ‘बी’ ग्रेडमा छुट्याइएको छ । त्यसमा काठ व्यवसायीले ‘ए’ ग्रेडको उतिसको ४५ रुपैयाँ ५० पैसा प्रति क्युफिट मूल्य अभिवृद्धि कर तिरेका छन्भने ‘बी’ ग्रेडको ३२ रुपैयाँ ५० पैसा तिरेका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य कारणले तेह्रथुमका गाउँगाउँका जनसङ्ख्या घट्दो छ । बाँझिएका खेतबारीमा आफैँ उम्रिने रूखहरु आठ–दश वर्षमा गोलिया बेच्न लायक हुने गरेको वन पैदावार व्यवसायी सङ्घका अध्यक्ष उत्तम लिम्बूले बताए। उनले सो व्यवसाय गरेर स्थानीय १२ जनालाई रोजगारी दिइरहेको बताए। यहाँबाट निर्यात हुने गोलिया काठमा सबैभन्दा बढी उतिस रहेको भने केही मात्रामा चिलाउने, मलातो, पात्ले रहेको छ ।

त्यसैगरी, राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी  गत आर्थिक वर्षमा २४ हजार छ सय किलो यहाँबाट निर्यात भएको छ । त्यसबाट  मूल्य अभिवृद्धि करबापत रु ३३ हजार सात सय संकलन भएको छ । तेह्रथुमबाट निर्यात हुने जडीबुटीहरुमा मजिटो, चिराइतो, लोक्तालगायत रहेका छन् । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : ५७ बजे

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह