बंगलादेश : प्रदर्शनकारीले अवामी लीगका नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु | Khabarhub Khabarhub

बंगलादेश : प्रदर्शनकारीले अवामी लीगका नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.3k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका नेताको एक होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा पनि २४ जना मारिएका छन् ।

समाचारअनुसार यस होटलमा सोमबारआगो लगाइएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लीगका एकजना जिल्ला नेताको रहेको बीबीसीले जनाएको छ।

बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’ का अनुसार उद्धार दलका सदस्यहरूलाई यस होटलमा लागेको आगो निभाउन १२ घण्टासम्म लागेको थियो ।

पत्रिकाको रिपोर्टअनुसार प्रदर्शनकारीले अग्निनियन्त्रकलाई कयौँ समयसम्म होटलमा पुग्न दिएनन् । जसका कारण उद्धारमा ढिलाइ हुँदा यतिका संख्यामा हताहती भएको हो ।

यो होटल बंगलादेशको दक्षिण-पश्चिममा रहेको शहर जसोरमा छ । यस होटलका मालिक शाहीन चक्लदार हुन् । उनी जसोर जिल्लामा अवामी लीग पार्टीका महासचिव छन् ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना १९८० को दशकदेखि नै अवामी लीग पार्टीकी प्रमुख रहेकी छन् ।

सोमबार विद्यार्थीको प्रदर्शनलाई थेग्न नसकेपछि शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिइन् । उनी बंगलादेशबाट भागेर अहिले भारतमा बसेकी छन् ।

त्यसपछि विद्यार्थी र आमजनतालाई शान्ति कायम गर्न सरकारले अपील गरेको थियो । तर बंगलादेशका अलग-अलग इलाकाबाट हिंसा, लुट र आगजनीको समाचार आइरहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : २७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला