यस्तो छ समानुपातिक कोटाबारे सर्वोच्चको निर्देशनात्मक आदेश (पूर्णपाठ) | Khabarhub Khabarhub

यस्तो छ समानुपातिक कोटाबारे सर्वोच्चको निर्देशनात्मक आदेश (पूर्णपाठ)


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले वि.सं. २०८४ मा हुने आम चुनावअघि निर्वाचनसम्बन्धी कानूनहरू पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता वालकृष्ण नेउपाने समेतले हाल समानुपातिक निर्वाचनबाट संसद्‌मा पुगेका ११० सांसदहरूको नियुक्ति बदर माग गर्दै दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो ।

अधिवक्ता नेउपानेले रिटमा हालका ११० जना समानुपातिक सांसदहरू आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका नभई आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटकपटक सांसद मन्त्री भएका, उच्च सामाजिक अवस्था भएका व्यक्तिहरू रहेकाले उनीहरूको नियुक्ति बदर गर्न गरेका थिए ।

सर्वोच्चले पछि परेको वर्गलाई निर्वाचित पदमा पुर्‍याउनेगरी सबै तहका निर्वाचन सम्बन्धी कानून पुनरावलोकन गर्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले फागुन ३० गते सो रिट खारेज गर्दै समावेशी सिद्धान्तको कार्यान्वयनका लागि संविधानको मर्म र भावना अनुरूप निर्वाचनसम्बन्धी कानून पुनरावलोकन गर्न आवश्यक रहेको जनाएको हो ।

सो आदेशको पूर्णपाठ आज सार्वजनिक गरिएको हो ।

निर्देशनात्मक आदेशको पूर्णपाठः

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ५६ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ