चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप « Khabarhub

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित  केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो । 

यसका लागि चन्द्रागिरि नगरपालिका र रक्त सञ्चार सेवा केन्दबीचको द्विपक्षीय सम्झौता थप गरिएको छ । नगर प्रमुख घनश्याम गिरी र केन्द्रका निर्देशक पवनकुमार गुप्ताले  द्विपक्षीय सम्झौतापत्रमा हालै हस्ताक्षर गरेका छन् । 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि उपस्थिति  थियो ।  उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित  रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि  निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । 

गत दुई वर्षमा करिब दुई सय नगरवासीले उक्त निःशुल्क रगतको सुविधा प्राप्त गरेका थिए ।  यसैगरी  नगरपालिकाअन्तर्गत सामाजिक सङ्घसंस्था, क्लब वा समूहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकाले उक्त संस्थालाई  कार्यक्रम संयोजनबापत प्रतिरक्तदाता दुई सय पनि उपलब्ध गराउने छ । 

नगरपालिकाले नेपाल रेडक्रससँगै मेट्रो रक्त सञ्चार सेवासँग पनि नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । नगरवासीलाई आवश्यकता पर्दा यी दुई निकायहरूबाट आवश्यकता परेका समयमा निःशुल्क रगतको सुविधा लिन नगर प्रमुख गिरीले उक्त कार्यक्रममार्फत आह्वान गरेका छन् । 

उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीसमक्ष पुर्‍याउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौतासँगै निःशुल्क रगत प्राप्तिका लागि थप सहज हुने विश्वास व्यक्त गरे । निःशुल्क रगतसम्बन्धी थप जानकारीका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिए । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : १९ बजे

‘ह्विमले देश अघि बढ्दैन, नेपालीले आफ्नै इतिहासबाट सिकौँ’

काठमाडौं- जेन–जी युवा मिराज ढुंगानाले सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई भावनामा

देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का

इरानमा आक्रमणपछि पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य

अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ?

काठमाडौं- अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारवाहीका

केपी ओलीको हारजित देशको विजय-पराजयसँग जोडिन्छ : योगेश भट्टराई

झापा- नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि