यो समीकरण भागबन्डा र नियुक्तिका लागि बनेको होइन : प्रधानमन्त्री ओली « Khabarhub

यो समीकरण भागबन्डा र नियुक्तिका लागि बनेको होइन : प्रधानमन्त्री ओली


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संघीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गरे ।

‘देशको विषम् परिस्थितिलाई आत्मसाथ गरी नेपाली कांग्रेस र एमालेबीच समीकरण भएको हो । यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन’, उनले भने, ‘देशमा राणा शासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र सङ्घर्षको सही व्यवस्थापन, गणतन्त्र र सङ्घीयताका लागि यी दुई ठूला दल मिलेरै देशको संकट समाधान भएको छ । आर्थिकलगायत देशको विषम परिस्थितिका निम्ति अहिले विशेष संकल्पसहित हाम्रो सहकार्य भएको हो ।’

उनले विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गर्न र जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएकाले प्रदेश सरकारले यसमा ध्यान दिने अपेक्षा गरे।

जनताको दुख, विकासको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, पूर्वाधार विकास, रोजगारी, सुशासनको प्रत्याभूति कायम गराउन दत्तचित्र् भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चलाई मितव्ययी र चुस्त दुरूस्त व्यवस्थापन गर्ने, राजस्व वृद्धि र सार्वजनिक सम्पत्तिको सही सदुपयोग गर्ने विषयमा पनि ध्यान दिन सम्झाए ।

‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई आत्मसात् गरी बागमती प्रदेश विकृति, विसंगति र अन्योल चिर्न एकजुट भई कार्य गर्न म विशेष आग्रह गर्दछु’, उनले भने ।

प्रधानमन्त्री ओलीले जनतालाई नहप्काई काम गर्नुपर्ने बताए । ‘मान्छेले मान्छेलाई दण्ड होइन, हप्काएर दप्काएर होइन, कसैको पनि अपमान नहुने गरी, सुख दुखमा साथ दिने गरी, आफ्नो जिम्मेवारी कर्तव्य र उत्तरदायित्व निर्वाह गर्नुहुनेछ’, उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ५६ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’