कांग्रेसद्वारा राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय अनुमोदन « Khabarhub

कांग्रेसद्वारा राष्ट्रिय सहमतिको सरकार गठनको निर्णय अनुमोदन


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले यसअघि केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि गरेको निर्णय अनुमोदन गरेको हो ।

कांग्रेसले नेकपा एमालेसँग गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा ७ बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई कांग्रेसको केन्द्रीय सम्पादन समितिले पारित गरेको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि पेस भएका छन् ।

बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेसम्मका प्रस्ताव रहेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रस्तावहरू राखेर बुधबारका लागि बैठक सकिएको जानकारी दिए ।

उनकाअनुसार पार्टीका तर्फबट भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : १५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ