प्रधानमन्त्रीले भने- एक पटकको हार सधैँको होइन, सरस्वतीको प्रदर्शन उत्कृष्ट थियो « Khabarhub

प्रधानमन्त्रीले भने- एक पटकको हार सधैँको होइन, सरस्वतीको प्रदर्शन उत्कृष्ट थियो


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभा महिला भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका बावजुद नेपालले उपाधि जित्न चुकेको छ।

भारतसँगको भिडन्तमा बेस्ट अफ दि फाइभका क्रममा नेपालले ३-२ ले उपाधि भारतलाई सुम्पिन बाध्य भयो ।

नेपालले फाइनल गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट प्रदर्शनका बावजुद नतिजा ननिस्किएको बताएका छन् ।

मन्त्रिपरिषदको आकस्मिक बैठकका कारण काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल हेर्न जान नपाएको उनले बताएका छन् ।

शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद् डाकेका थिए ।

‘मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरेँ। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौँ’, उनले भनेका छन् ।

ओलीले फाइनल खेलमा आफ्नो प्रभाव देखाएकी सरस्वती चौधरीको प्रशंसा गरेका छन् । ‘३ नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो’, उनले भनेका छन्, ‘एक पटकको हार सधैँको हार होइन, हामी जित्ने छौँ ।’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : ४१ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा