दोलखाका सांसदको माग : चीन-भारत फलाक नाका सडक निर्माण थालौँ « Khabarhub

दोलखाका सांसदको माग : चीन-भारत फलाक नाका सडक निर्माण थालौँ

‘बहुवर्षीय आयोजना बनाएर न्यूनतम ५० करोड बजेटसहित ठेक्का प्रक्रिया सुरु गरियोस्’


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन–भारत जोड्ने छोटो सडक मार्गका रूपमा चर्चा पाउँदै आएको दोलखाको लामाबगर फलाक नाका सडक यथाशीघ्र निर्माणका लागि दोलखाका सांसदहरूले माग गरेका छन् ।

प्रतिनिधिसभाका एमाले सांसद ईश्वरी रिजालसहित प्रदेश सांसद, पूर्वमन्त्री तथा पूर्व सांसदसहितको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर नाका सडक निर्माण गर्न अहिलेकै आर्थिक वर्षमा न्यूनतम ५० करोड रकम विनियोजन गरी बहुवर्षीय आयोजनाका रूपमा ठेक्का प्रक्रिया सुरु गर्न माग गरेका हुन् ।

चीनको फलाक नाकाबाट दोलखा, रामेछाप र सिन्धुलीको बर्दिबासबाट महोत्तरी हुँदै भारतको भिटामोड नाका जम्मा २ सय २० किमीमै छिचोलिने र त्यसका लागि लामाबगरबाट तिब्बत जोडिने सीमासम्म जम्मा ३३ किमी मात्र छिचोल्नुपर्ने जानकारी गराउँदै सांसद रिजालले उत्तर–दक्षिण जोड्ने नेपालकै छोटो सडकमार्ग तत्काल निर्माण थाल्नुपर्नेमा जोड दिए ।

उनले भने,‘भूर्गवविदहरुले समेत तातोपानी र केरुङ नाकाभन्दा सुरक्षित नाकाका रूपमा परिचित गराउँदै आएकाले फलाक नाकासम्म सडक बिस्तार हुँदा दुई देशबीचको व्यापार बिस्तारले मुलुकको अर्थतन्त्रको विकासमासमेत ठूलो टेवा पुग्नेछ भन्ने तथ्यलाई सरकारले ध्यान दिएर बजेट विनियोजन गरी यथाशीघ्र सडक निर्माणको काम अगाडि बढाओस् ।’

पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाभन्दा माथिल्लो क्षेत्रमा संचालित जलविद्युत उत्पादकहरूले भीर छिचोलेर ९ सय मिटर सुरुङ मार्ग बनाएपछि नाकातर्फ ६ किमीसम्म कच्ची सडकसमेत खुलिसकेकाले सरकारले तत्काल बजेट विनियोजन गरी नाका जोड्ने गरी सडक बिस्तार गर्नुपर्ने माग गरे ।

उनले ३३ किमी सडकलाईसमेत छोट्याएर अर्को सर्भेमार्फत सडक निर्माण गर्न सकिने विकल्पमासमेत सोच्न ध्यानाकर्षण गराए ।

अर्का पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले फलाक नाका सडकमार्ग दोलखाका लागि माथिल्लो तामाकोशी आयोजना जतिकै गौरवको आयोजना भएको भन्दै तत्कालीन केपी ओली नेतृत्वको सरकारले सर्भे सम्पन्न गरी अध्ययन प्रतिवेदन तयार पारेको र नीति तथा कार्यक्रम र रातो किताबमा समेत परेर पछिल्लो सरकारको पालामा ठेक्का प्रक्रिया रोकिँदा अवरुद्ध भएकाले पुन : निरन्तरता दिन जरुरी रहेको बताए ।

‘सडक सर्भेको विस्तृत प्रतिवेदन मन्त्रालयसँगै छ,त्यसैका आधारमा बजेट व्यवस्था गरेर यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’ उनले भने ।

सांसदसहितको प्रतिनिधिमण्डलले नाका सडकमार्ग खुलाउने जस्तो महत्त्वपूर्ण काममा भूराजनीतिक स्वार्थ जोडिन नहुनेमा पनि मन्त्री दाहालको ध्यानाकर्षण गराए ।

प्रतिनिधिमण्डलले मन्त्रीलाई मागपत्र बुझाएको छ । ‘अहिले आयोजनाको बाँधस्थल नजिकै रहेको भीरबाट त्यहाँ संचालित विद्युत् उत्पादकहरूले निजी प्रयासबाट ९ सय मिटर सुरुङ ब्रेक थ्रु गरी सडक निर्माण कार्यलाई सहयोग पुर्‍याएका छन् ।

यद्यपि, राज्यका तर्फबाट पर्याप्त बजेट विनियोजन नगरिएको र यसअघि विनियोजित न्यून बजेटहरूसमेत खर्च हुन सकेको छैन । नेपाल र चीन सरकारबीच यस नाकालाई सञ्चालन गर्ने आपसी सहमतिसमेत भइसकेको छ’ मागपत्रमा भनिएको छ,‘त्यस सन्दर्भलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नाका खुलाउने गरी सडकलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउन निर्माण कार्य अगाडि बढाउन निर्देशनसमेत दिइसक्नुभएको ब्यहोरा जानकारी गराउँदछौँ ।’

टोलीमा प्रदेशसभा सांसदद्वय ठूला थामी र उर्मिला सुनुवार, पूर्व सांसद तथा कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामा, पूर्व प्रदेशसभा सभासद् तथा एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले केन्द्रीय सदस्य श्यामकुमार बस्नेत तथा जिल्ला समन्वय समितिका दोलखाका पूर्व संयोजक डबल पाण्डेलगायत सहभागी थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : ४५ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका