विद्यार्थीमा डेङ्गु संक्रमण देखिएपछि तनहुँका दुई विद्यालय बन्द « Khabarhub

विद्यार्थीमा डेङ्गु संक्रमण देखिएपछि तनहुँका दुई विद्यालय बन्द


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेङ्गु सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । उनले भने, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेङ्गु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।”

कुँवरले डेङ्गु सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे । आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : १८ बजे

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग

कुलमानले बालेनलाई भने- हेलिकप्टरको मात्रै भर नपरौँ, स्याफ्रुबेँसीसम्मको सडक खोलेर बेलीब्रिज हालौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क

मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी– अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली