भलिबल उपाधि विजेता भारतलाई चुच्चे नक्सासहितको ट्रफी « Khabarhub

भलिबल उपाधि विजेता भारतलाई चुच्चे नक्सासहितको ट्रफी


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा महिला भलिबल लिगको उपाधि जितेको भारतलाई नेपालको चुच्चे नक्सासहितको ट्रफी प्रदान गरिएको छ ।

बुधबार भएको फाइनलमा नेपाललाई हराउँदै उपाधि उचालेको भारतले लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सासहितको ट्रफी लगेकाे हाे। लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले आफ्नो भएको दाबी गर्दै आइरहेको छ ।

नेपालले विसं २०७७ जेठमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको आधिकारिक नक्सा जारी गरेको थियो। भारतले उक्त नक्साको विरोध गर्दै आइराखेको भएपनि बुधबार भलिबलकाे उपाधि जितेपछि नयाँ नक्सासहितकाे ट्रफी लगेकाे हाे ।

फाइनलमा भारतले नेपाललाई ३– २ को सेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।

त्यस्तै पाँचौं सेट भने भारतले १५– ५ ले सजिलै जितेको थियो । योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३(० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ०९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको